Close sidebar

साहुले घर लुट्यो, सरकारले वाटिकाको बास

मिटरब्याजी साहुले खेत खाइदिएपछि रौतहटका गुमा धामी (६२) न्याय माग्न धेरै ठाउँ धाए । साहु विरुद्ध निवेदन लिएर धेरैपटक जिल्ला प्रशासन, प्रहरी, अड्डा–अदालत पुगे । तर कहींबाट सम्बोधन नभएपछि श्रीमती र १३ वर्षको छोरो बोकेर उनी न्याय माग्न २०७९ चैतमा काठमाडौं आइपुगे ।

‘६ वर्षअघि आगलागीमा घर जल्यो’ उनले भने, ‘घर बनाउन भनेर ६ लाख रुपैयाँ मिटरब्याज साहुसँग ऋण लिएँ ।’ पैसा लिएको एक वर्षपछि २ लाख १० हजार र दुई वर्षपछि थप ३ लाख ९० हजार गरी ६ लाख बुझाएको उनी बताउँछन् ।

Advertisement

तर मिटरब्याज साहुले अझै ऋण रहेको भन्दै आठ कट्ठा जग्गा हडपे । ‘हामी पढे–लेखेको नाइँ, साहुले झुक्याएर जग्गा आफ्नो नाम गरेछन्’ उनले भने, ‘जग्गा माग्दा उल्टै २४ लाख माग्न थाले ।’

साहुविरुद्ध अदालत जान सकेनन् । किनकि मिटरब्याज साहुसँग तमसुक थियो, तर उनीसँग केही थिएन । त्यसैले न्याय पाइने आसमा उनी काठमाडौं आएका थिए । ‘आवाज सुनाउने ठाउँ कतै नभएपछि परिवार बोकेर यहाँ आएँ’, उनले सुनाए ।

Advertisement
काठमाडौं आउँदा उनलाई लागेको थियो, सरकारले समस्या सुनिदेला, मिटरब्याज साहुले हडपेको जग्गा फिर्ता पाइएला । तर जग्गा फिर्ता पाउनुपर्ने माग राखेर वर्ष दिन धर्नामा बस्दा पनि कुनै सुनुवाइ भएको छैन । तैपनि न्याय पाउने झिनो आसमा रत्नपार्कस्थित शान्तिवाटिकामा धर्ना बसिरहेका थिए ।

Advertisement

सम्बन्धित खवर

भ्रम फैलाएर बैंकिङ प्रणालीमा जोखिम थप्नेमाथि किन हुँदैन कारबाही ?

अराजक’ व्यवसायी दुर्गा प्रसाईंले १ फागुन २०७९ मा झापामा...

तनहुँका कमल महतले सुन्तला बेचेरै यसवर्ष कमाए ४० लाख

तनहुँको शुक्लागण्डकी नगरपालिका–११ नाम्सीकोटका कमल महतले यस वर्ष सुन्तला...

सोलुका किसान भन्छन् : आलुखेतीभन्दा स्याउबाट धेरै आम्दानी

सल्लेरी। हिमाली जिल्ला सोलुखुम्बुमा स्याउ उत्पादन क्रमिक रुपले वृद्धि...

खाद्य स्वच्छता विधेयक संसदीय समितिबाट पारित

खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न...